बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कामना सेवा र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबीच सम्झौता

शुक्रबार, जेष्ठ २६ २०८०

काठमाडौं – कामना सेवा विकास बैंक र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।