बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बैकिङ प्रणालीमा २२ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

बिहिबार, जेष्ठ १८ २०८०

काठमाडौ – नेपाल राष्ट्र बैकले संस्थागत निक्षेप लगानी गर्ने भएको छ । बिभिन्न कोषमा रहेको २२ करोड दुई लाख रुपैंयाँ बैंक तथा फाईनान्स कम्पनीहरुको संस्थागत निक्षेपकोरुपमा लगानी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात २०८० असार एक गते देखि २०८१ असार एक गतेसम्म तोकिएको छ । मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि १७ करोड ६२ लाख, बिकास बैंकहरुको लागि तीन करोड ३० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड १० लाख रुपैयाँ छुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २१ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर बोलकबोल पेस गर्नुपर्ने छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने छ ।