बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१० अर्बको बिकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौ – नेपाल राष्ट्र बैकले पुन १० अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्नै भएको छ । भोलि बिहिबारपाँच बर्षे अवधिको बिकास ऋणपत्र २०८५ “झ” (५ बर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहिबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ । निष्काशन मिती २०८० जेठ १९ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८५ जेठ १९ तोकिएको र खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ ।

बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।