बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिहिबार, जेष्ठ ४ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबरका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज १ डलरको खरिद दर १३१ रूपैयाँ ५२ पैसा र बिक्री दर १३२ रूपैयाँ १२ पैसा रहेको छ।

युरो एकको खरिद दर १४२ रूपैयाँ ४३ पैसा र बिक्री दर १४३ रूपैयाँ ०८ पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४६ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आज  भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६४ पैसा छ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ २३ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २० पैसा छ भने साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।