बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चैतसम्म विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि

शुक्रबार, बैशाख २९ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको गत चैत महिनासम्ममा अवधिमा विप्रेषण आप्रवाह २४।२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४।२ प्रतिशतले वृद्धि भएर ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो।