काठमाडौं । कांग्रेसले सरकारमा तीन जनालाई पठाएको छ । उनीहरुको २०८० वैशाख २१ गते का ३ बजे शपथ ग्रहण पनि हुँदैछ । कांग्रेस सभापति शेरबहदुर देउवा र संस्थापन इतर नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बाइपास गरेर विचित्रसँग मन्त्री बनाएका छन् ।
अहिलेको गठबन्धन सरकारमा सबे भन्दा ठुलो दलले ८ वटा मन्त्रालय पाएको कांग्रेसले ६ जना चाहिं देउवानिकट मन्त्री भएका छन् । बाँकी २ जना भने शेखर कोइराला निकटलाई मन्त्री बनाएको छ ।
स्रोत भन्छ, यो सहमति देउवा र कोइराला बिचमा भएको थियो । त्यसैअनुसार कोइराला समूहबाट उपसभापति धनराज गुरुङ र मोरङका सांसद डिगबहादुर लिम्बु मन्त्री भएका छन् । उनीहरु दुवै जना कोइरालानिकट मानिन्छन् ।
लिम्बु पहिलादेखि नै कोइरालाको पक्षमा रहेका थिए र चुनावमा आर्थिक सहयोग गर्ने नेतामा पनि पर्छन् । रातो पासपोर्ट काण्डका विवादस्पद गुरुङ भने संसदीय दलमा थापालाई उम्मेदवार बनाउन नहुने लाइनमा थिए । अन्तिमसम्म कोइरालालाई उम्मेदवार बनाउन लागेका गुरुङ कहिल्यै पनि थापाको पक्षमा लाग्ने गरेका छैनन् ।
संसदीय दलको चुनावमा पनि असहयोग गरेको आरोप लागिरहेको छ । कोइरालासँग निकट गुरुङ बरु देउवासँग मिल्नुपर्ने तर्क गरिरहेका हुन्छन् । त्यसैले, देउवाको रोजाइमा परेका गुरुङलाई मन्त्री बनाउन कोइराला पनि सहमत भएपछि कोइरालाले आफ्नो मान्छे लिम्बु मात्रै एक थान मन्त्री पाएको कांग्रेस नेताहरुको भनाइ छ ।
कांग्रेस नेताहरुको भनाइमा संसदीय दलको नेतामा उम्मेदवार भएका गगन थापालाई भने अहिले कुनै पनि भाऊ नदिएर देउवाले वाइपास गरिरहेका छन् । चुनावमा कांग्रेसविरुद्ध ठूलो जनमत बन्नुमा गगन थापाको पनि भूमिका रहेको देउवा लाइनको बुुझाइ छ ।
कांग्रेसभित्रको विवाद र नेतृत्व विरुद्ध चर्को आलोचक भएर काम गरेका महामन्त्रीद्वय थापा र शर्माले जनतामा कांग्रेसको विरुद्धमा जनमत बनाउन काम गरेको देउवा पक्षधरको बुझाइ रहेको छ ।
त्यसैकारण अहिले मन्त्री बनाउने बेलामा थापासँग देउवाले समन्वय नगरेर कोइरालासँगमात्रै छलफल गरेका थिए । थापा र शर्माले आफ्नो कोटाबाट प्रदीप पौडेललाई मन्त्री बनाउने प्रयास गरेका थिए । उनीहरुको यो सिफारिशलाई देउवा र कोइरालाले सुनवाई गरेनन् ।
यिनै विविध कारणले कोइराला समूह अब फुटको संघारमा पुगेको छ । महामन्त्रीद्वयले साथ नदिने अवस्थामा कोइराला समूहको कन्तबिजोग हुने अवस्था छ ।
बरू काठमाडौं क्षेत्र नम्बर ४ मा आरजु देउवाको लाइन अनुसार, भूमिगत रूपमा गगन थापा हराउन अभियान सञ्चालको नेतृत्व गरेका कट्टर गगन विरोधी मोहन बस्नेतलाई अर्बौं अर्व रूपैयाँको खरिद हुने र करोडौं करोड कमिशन हात पार्न सकिने महत्वपूर्ण मन्त्रालय मध्येको स्वास्थ्य मन्त्री बनाइएको छ ।
-साँघु न्यूजबाट