बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अरुले ध्वस्त पारेको अर्थतन्त्र बनाउने संकल्प एमालेसँग मात्रै छ : अध्यक्ष ओली

मंगलबार, चैत्र २८ २०७९

नेपालगञ्ज । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनका कारण आर्थिक अवस्था ध्वस्त भएको आरोप लगाएका छन् । उनले सत्ताको लागि निर्माण गरिएको गठबन्धनका कारण देशको आर्थिक अवस्था ध्वस्त भएको बताए ।

सोमबारबाट नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीले संकटमा पुगेको अवस्था सुधार गर्न अहिलेको सरकारसँग कुनैपनि योजना नरहेको समेत बताए ।

यस्तै देशको आर्थिक विकास र समृद्धि नेकपा एमालेको प्रमुख उद्देश्य रहेको उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको बताए ।

‘एमालेको तीन वर्षे सरकारले आर्थिक विकासको आधार तयार गरेको छ । समृद्धिको नयाँ नमुना प्रस्तुत गरेको छ । एमालेले तीनवर्षको अवधीमा आर्थिक विकास र समृद्धिका लागि नमूना योग्य काम गरेको थियो ।’ उनले भने राष्ट्र बनाउने संकल्प एमालेसँग मात्रै रहेको भन्दै रोजगारीका लागि युवाहरु विदेश जाने अवस्था अन्त्य हुन आवश्यक रहेकोमा जोड दिए ।

महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सम्पन्न हुनेछ । नयाँ नेतृत्वसमेत चयन हुनेछ । महाधिवेशनमा करिब दुई हजार प्रतिनिधीको सहभागिता रहेको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकिल्पक केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री दलबहादुर सुनार लगायत एमालेमा प्रवेश गरेका थिए ।

सो अवसरमा युवा संघले एकलाख नगद राशीको केपी ओली युवा प्रतिभा पुरस्कारबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई प्रदान गरेको थियो ।