बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपनिर्वाचन

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र आजै चुनाव चिन्ह वितरण

बिहिबार, चैत्र २३ २०७९

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । साथै निर्वाचन आयोगले आज नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको छ ।

आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन समय दिने र त्यसपछिको समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रान गरिनेछ ।

उपनिर्वाचन चितवन २, तनहुँ १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुँदैछ ।