आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कस्तो रहला आज दिनभरको मौसम ?

बिहिबार, चैत्र २३ २०७९

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका  पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।