काठमाडौँ – नेपाल राष्ट्र बैंकले भोलि सोमबार (चैत ६ गते) २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै तयारी गरेको छ । उक्त दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिती चैत आठ गते बुधबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने राष्ट्र बैंकको भनाई छ । बिक्री गरिने उक्त ट्रेजरी बिलहरु मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको नौ अर्ब रुपैंयाँको रहेको छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० बैशाख पाँच गते, २०८० असार पाँच गते, २०८० असोज दुई गते र २०८० चैत छ गते तोकिएका छन् । यि ट्रेजरीहरुमा तीन सय ६४ दिने अवधिकोे सात अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतको रहेको छ । गत साता पनि राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।