रौतहट असोज, ५–
रौतहटमा कांग्रेस कार्यकर्ता र राजपा कार्यकर्ताकोवीचमा झडप हुदा एकजनाको मृत्यु भएको छ । बिहिबार बिहान कटहरिया नगरपालिका– ८ बलुवाटोलमा भएको झडपमा एक जनाको मृत्यु भएको हो ।
झडपका क्रममा राजपाका ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो । घटनामा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका अनुठा राय यादव, वैजु साह र झुठा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।