आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

शुक्रबार, पुष १ २०७९

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराईमा हुस्सु लागेको छ भने पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ । 

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ र गण्डकीका पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।