आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुचक तथा कारोबार रकम दुबैमा उच्च गिरावट

मंगलबार, मंसिर २७ २०७९

चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए 

काठमाडौं- नेप्से सुचक तथा कारोबार रकम दुबैमा उच्च अंकले गिरावट आएको छ । आज मंगलबार नेप्से दुई दशमलव ५७ अंकले घटेर १८ सय ९९ दशमलव ७० अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दशमलव ६३ अंकले घटेर तीन सय ७१ दशमलव ३० अंकमा पुगेको छ । दुई सय ४८ वटा कम्पनीहरुको १६ हजार तीन सय २० पटकको कारोबारमा २० लाख ५८ हजार पाँच सय १० कित्ता किनबेच भएका छन् भने कुल कारोबार रकम ७७ करोड ७० लाख ८९ हजार एक सय ६५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा चार वटा समुहले कमाएका छन् भने नौं वटा समुहले गुमाएका छन् । ति मध्ये जलबिद्युत समुहको सुचक १७ दशमलव ५३ अंकले बढेर दुई हजार छ सय छ दशमलव २९ अंकमा चढेकोमा निर्जिवन बीमा, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने चार दशमलव ८८ अंकले घटेर १२ सय ९४ दशमलव ६६ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि नौं दशमलव ६१ अंकले घटेर तीन हजार तीन सय ८० दशमलव ८७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १० दशमलव ६६ अंकले घटेर नौं हजार एक सय ९३ दशमलव छ अंकमा पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तेह्थुम पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।