आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आइजीपीको लस्कर खुमलटारमा !

मंगलबार, मंसिर २७ २०७९

काठमाडौँ – नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु आज दिउँसो एकसाथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

प्रचण्डको विशेष निम्तोमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा खुमलटार पुगेको स्रोतले बताए ।

भेटवार्तामा तीनै जनाले प्रचण्डलाई सांसदमा निर्वाचित भएकोमा बधाई दिनुका साथै प्रचण्डलाई भावी प्रधनमन्त्रीको रुपमा अगाडी आउन अनौपचारिक आग्रह गरेको खुमलटार स्रोतले बतायो ।

अध्यक्ष दाहालले पनि चुनाव राम्रोसँग सम्पन्न गर्नुभएकोमा धन्यवाद दिएका थिए ।