काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालय जनाएको छ ।
साथै राष्ट्रपति भण्डारीले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले बताए ।
