शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

छुटे देउवाविरुद्ध नाराबाजी गर्ने युवा

मंगलबार, साउन १० २०७९

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने युवालाई प्रहरीले सम्झाइबुझाइ छाडेको छ । मालिगाउँ प्रहरी वृत्तमा राखिएका उनीहरूलाई सचेत गराएर छाडिएको प्रहरी स्रोतले बताएको छ ।

सोमबार एक सार्वजनिक कार्यक्रममा क्रममा प्रधानमन्त्री देउवाविरुद्ध उनीहरुले नाराबाजी गरे पछि प्रहरीले तीन युवालाई पक्राउ गरेको थियो ।  पक्राउ परेका तीनजना रिहा भएका छन् ।

हिजो भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा केही युवाले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारासहित प्लेकार्ड देखाउँदै नाराबाजी गरेका थिए ।

पक्राउ परेका अर्जुन पौडेल, सोम शर्मा र विप्लव खड्कालाई आज बिहान छाडिएको हो ।