काठमाडौं । काठमाडौं महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मद रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले बिहीबार साँझ ६ बजेतिर ठक्कर दिएको थियो ।
बुलेट चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।