बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कारबाहीमा पर्ने भएपछि नारायणहिटी संग्रहालय विकास समितिबाट राजीनामा दिए दाहालले

बुधबार, पुष २८ २०७८

काठमाडौँ l नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार राजीनामा दिएका हुन् । उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले दाहाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । दाहालकै मिलेमतोमा बतास समूहले नारायणहिटीभित्र रेस्टुरेन्ट निर्माण गर्न ठेक्का पाएको थियो ।

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् । मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास ग्रुपले क्फ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्यो भन्ने विषयमा छानबिन समिति बनेको थियो । दाहाल दोषी देखिएकाले उनलाई कारबाही हुने निश्चित छ ।