काठमाडौं । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । छिमेकी ५० वर्षिय दशरथ मल्लले रडले हान्दा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको मृत्यु भएको हो ।
गएराति पौने १० बजेतिर बाटोमा हिडिरहेका लामालाई मल्लले रड प्रहार गरेका थिए । प्रहरीका अनुसार पुरानो रिसइबीका कारण उनको हत्या गरिएको हो । मल्लले मदिरा सेवन गरेको खुलेको छ ।
घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।
सो क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको छन् ।