आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बँदेल मार्न थापेको विद्युतीय धरापमा पर्दा एकै परिवारका तीनजनाको मृत्यु

शनिबार, असोज २ २०७८

काठमाडौं ।  बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको धरापमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा ३ का ३२ वर्षिय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षिया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षिया बेलमती थारुको मृत्यु भएको  प्रहरीले जनाएको छ ।  

गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर मृत्यु भएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।