आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राजधानीमा विशेष सुरक्षा योजना, कति सुरक्षाकर्मी खटाइयो ?

शनिबार, असोज २ २०७८

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले राजधानी काठमाण्डौमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सुरु गरेको छ ।  दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी हिजोदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ  ।

चाडपर्वका बेला हुन सक्ने अपराध नियन्त्रण र शान्ति सुरक्षाको व्यवस्थापनलाई चुस्त बनाउन विशेष योजना लागू गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले बताए । 

 चोरी, डकैती, पाकेटमार, चन्दा अपहरण, फिरौती, कालोबजारी तथा तोकिएको भन्दा बढी भाडा लिने जस्ता गलत क्रियाकलाप हुन नदिन  विशेष सुरक्षा योजना लागू गरिएको एआईजी पालको भनाइ छ ।

यसकालागि काठमाण्डौ ललितपुर र भक्तपुरमा पाँच हजार पाँच सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले बैंक तथा वित्तीय संस्था, बसपार्क, र भीडभाड हुने क्षेत्रमा निगरानी बढाउनेछ । 
हरेक दिन ३६ ठाउँमा विहान र बेलुका आकस्मिक सुरक्षा जाँच हुने र सार्वजनिक गाडीमा पनि सादा पोसाकमा प्रहरी खटाइने एआईजी पालले बताए ।

सुरक्षालाई चुस्त बनाउन काठमाण्डौ ललितपुर र भक्तपुरमा पाँच हजार पाँच सय  सुरक्षाकर्मी परिचालन गरिएको छ ।