काठमाडौँ l बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेकीछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट १६ लाख रुपैयाँ जरिवाना र सात दिन कैदको सँजायको फैसला भई फरार रहेकी जसमिन झालाई आज मंगलबार काठमाडौँको गहनापोखरीबाट पक्राउ गरिएको हो ।
महाशाखाका अनुसार कैलालीको साविक चौमाला गाविस वडा नम्वर ८ गौरीगंगा नगरपालिका वडा नम्वर ३ घर भई हाल काठमाडौ महानगरपालिका वडा न ७ बस्ते ३२ बर्षिया झालाई पक्राउ गरिएको हो । पक्राउ परेकी झा लाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत बबरमहलमा पठाईको महाशाखाले जनाएको छ ।