काठमाडौं । सुनसरीको दुहबी नगरपालिका–८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्र्घटनामा सर्लाही लालबन्दी नगरपालिका–८ का ३० वर्षीय सुलभ गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
खनारबाट दुहबीतर्फ आउँदै गरेको ना५५प ९९७९ नंम्बरको मोटरसाइकललाई को१क ३३९५ नंबरको ट्रकले गिरी गम्भीर घाइते भएका थिए । गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच,
सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् । सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका छोरा दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका थिए ।
युवक बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट ११, प्रदेश प्रहरी तालिम केन्द्रबाट १० तथा प्रदेश प्रहरी अस्पतालबाट ९ जनाको प्रहरी टोलीले गए रातिदेखि खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।