बाजुरा, l २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढिनन्दा नगरपालिका–७ जेठारीबाडा बस्ने २७ वर्षीय घमण्ड जेठारालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती महिलाको घरमा कोही नभएको अवस्थामा ढोका फोडी घरभित्र पसेर जेठाराले आइतबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।