बर्दिया, l आपराधिक उपद्रव कसूर मुद्दाका फरार प्रतिवादी गेरुवा गाउँपालिका–४ जोधीपुर बस्ने ३५ वर्षीय शंकर चालिसेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत वर्दियाको २०७८ वैशाख १३ गतेको फैसलाले आपराधिक उपद्रव कसूर मुद्दामा १० महिना १४ दिन कैद र नगद १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।