आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संखुवासभा फलोअप : नाका सिल गरेर अनुसन्धान सुरु

बुधबार, भाद्र २३ २०७८

काठमाडौं । सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

 घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार सामूहिक हत्या भएको थियो ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी  हत्या भएको थियो  ।

घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ ।

प्रहरी नायब उपरीक्षक डिएसपी सुवेदीसहितको टोली पनि घटनास्थलमै छ । अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको डिएसपी सुवेदीले जानकारी दिए। सो क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।