पर्वत, l कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पैयुँ गाउँपालिका–७ बस्ने ४४ वर्षीय ख्याम बहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाको २०७३ साउन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।