काठमाडौं, l चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट र स्पासमो १ सय ४० ट्याब्लेट सहित सप्तरी राजगढ गाउँपालिका–२ घर भएका २७ वर्षीय रितेश कुमार सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजबिराजबाट काठमाडौं आउदै गरेको को–०३–०३–००१ ख ००४२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार सिंहलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।