आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ढुङ्गा खसेर लाग्दा मोटरसाइकल चालकको मृत्यु

सोमबार, भाद्र १४ २०७८

काभ्रे, l रोशी गाउँपालिका–७ कटुन्जेस्थित सडकमा आइतबार बिहान ढुङ्गा खसेर जनकपुरबाट आउँदै गरेको ज.८ प ७४९० नम्बरको मोटरसाइकललाई लाग्दा मोटरसाइकल चालक महोत्तरी रामगोपालपुर घर भएका २८ वर्षीय सरोज कुमार साहको मृत्यु भएको छ । 

ढुङ्गाले लागि गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो साथै ढुङ्गा लागेर गम्भीर घाइते भएका सोही मोटरसाइकलमा सवार धनुषा रामानन्धचोक घर भएका ३० वर्षीय सतिस कुमार साहको सोही अस्पतालमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।