काठमाडौं l अवैध लागूऔषध खैरो हेरोईन सहित ७ जनालाई छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दिया मधुवन नगरपालिका–८ ठेगाना भएका ३२ वर्षीय राजेन्द्र राना, सोही ठाउँ बस्ने मन्दिप शर्मा, बर्दिया गुलरिया नगरपालिका–२ ठेगाना भएका ३५ वर्षीय अकलेश यादव, नुवाकोट ककनी गाउँपालिका–५ ठेगाना भएका पिटर लामा, काठमाडौं टोखा नगरपालिका–६ ठेगाना भएका ३० वर्षीय जितु भन्ने सागर श्रेष्ठ, धादिङ नेत्रावती गाउँपालिका–४ ठेगाना भएका ३६ वर्षीय गोकुल तामाङ र धनकुटा खाल्सा शहिदभुमी गाउँपालिका–५ ठेगाना भएका ३० वर्षीय राज कुमार राई रहेका छन् ।
उनीहरूमध्ये राजेन्द्र, मन्दिप, अकलेस, पिटर र सागरलाई २७.५ ग्राम लागूऔषध खैरो हेरोईन सहित भदौ ४ गते तथा गोकुललाई ४.५ ग्राम र राज कुमारलाई ७०.५ ग्राम लागूऔषध खैरो हेरोईन र डिजिटल तराजु सहित भदौ ८ गते लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूमध्ये ६ जना उपर काठमाडौं जिल्ला अदालतबाट र १ जना उपर जिल्ला अदालत बर्दियाबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।