आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

१४ जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्काशन हुँदै, दुई बिमा कम्पनीको अध्ययन हुँदै

सोमबार, असार ७ २०७८

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार १४ जलविद्युत कम्पनीले  प्राथमिक सेयर जारी गर्नका लागि अनुमति मागेका छन् । त्यस्तै दुईवटा जिवन बिमा कम्पनीले पनि प्राथमिक सेयर निष्काशनका लागि अनुमति लिन निवेदन दिएका छन् ।

 मैलुङ खोला जलविद्युत, न्यादी हाइड्रोपावर ,  बिन्ध्यबासीनी हाइड्रोपावर ,साम्लीङ पावर कम्पनी, हिमालयन हाइड्रोपावर  बलेफि हाइड्रोपावर  र बुद्धभूमि नेपाल हाइड्रोपावर र मनकामना स्मार्ट लघुबित्त वित्तीय संस्था रहेका छन् । यि ८ कम्पनीको १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख ११ हजार कित्ता सेयर जारी हुन थालेका हुन् ।

८ कम्पनीको पहिलो अध्ययन पश्चात धितोपत्र बोर्डले कमेन्ट पठाएको र त्यसपछि कम्पनीले थप आवश्यक कागजात पठाइसकेकाले बोर्डले अब यि कम्पनीको अन्तीम अध्ययन गर्दैछ ।

बोर्डका अनुसार ८ वटा कम्पनीको अहिले  प्रारम्भिक अध्ययन हुँदैछ । जसमा साहस उर्जा, सयपत्री हाइड्रोपावर अपर सोलु  हाइड्रोइलेक्ट्रीक, दोर्दी खोला, अपर हेवा खोला गरि ५ वटा जलविद्युत कम्पनी रहेका छन् ।

त्यस्तै युनियन लाइफ इन्सुरेन्स र सानीमा लाइफ  इन्सुरेन्स   रहेका छन् । यसबाहेक मानुसी लघुबित्त वित्तीय संस्थाले पनि आवेदन दिएको छ ।   डिस मेडियार ग्रिन भेन्चर जलविद्युतको बोर्डले प्रारम्भिक अध्ययन गरेर कम्पनीलाई प्रतिक्रिया पठाइसकेको छ ।

निषेधाज्ञाको अवस्था हटेसँगै अध्ययनको अन्तिम चरणमा रहेका कम्पनीहरुले प्राथमिक सेयर जारी गर्न सक्ने देखिन्छ ।

१८ वटा कम्पनीले करिब ५ अर्बको प्राथमिक  सेयर अर्थात आइपिओ जारी गर्न लागेका छन् । १८ मध्ये ८ वटा कम्पनीको अध्ययन अन्तिम चरणमा पुगेको छ ।

bank.JPG