काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल प्रालिको फर्निस आयलको २ वटा ट्याङकीमा वल्डिङ गर्ने क्रममा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा फर्निस आयलमा काम गर्ने भारत बिहार बस्ने ४५ वर्षीय रामनाथ महतो लगायत २ जनाको घटनास्थलमै जलेर मृत्यु भएको छ । आगलागीबाट जलेर घाइते भएका अन्य ४ जनालाई सिमरा अस्पताल पठाइएकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने २ जनालाई थप उपचारको लागि काठमाडौं र अर्का १ जनालाई बयोधा अस्पताल वीरगञ्ज पठाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकि रहेको छ ।
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–१ बिग्लुङस्थित सडकमा पार्किङ गरी राखेको नागराज कनस्ट्रक्सन कम्पनीको स्काईभेटरमा शनिबार राति आगलागी हुँदा स्काईभेटर जलेर पूर्णरुपमा क्षती भएको छ ।
स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।