काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बा.७५ प ८८५६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं स्युचाटार बस्ने खोटाङ घर भएका ३८ वर्षीय कमल भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका–१३ मैदामिल नजिक सडकमा म.१ प ९६६८ नम्बरको मोटरसाइकललाई से.१ क ६८२ नम्बरको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ बस्ने ४० वर्षीय राम बहादुर साउदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।