आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

उपत्यकामा अब स्मार्ट लकडाउन

बिहिबार, असार ३ २०७८

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन गरिने भएको छ । कोभिड व्यवस्थापन निर्देशन समितिको बुधबार राति बसेको बैठकले काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउन गर्दै अत्यावश्यक वस्तु र आपूर्तिलाई सहज पारिने बैठकले निर्णय गरेको छ । आगामी सातादेखि जनस्वास्थ्य मापदण्ड कायम गर्दै केही क्षेत्र खुकुलो पारिनेछ । 

बैठकमा प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई जनस्वास्थ्य मापदण्डसहित खोल्न दिने निर्णय गरेको छ । 

यसै गरी बैठकमा जापान, मलेसिया, कतार, साउदी अरेबिया लगायतका देशमा पुनः हवाइ सेवा सञ्चालन गर्ने निर्णय भएको थियो ।