आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पानी तताउने मेशिन पड्किँदा एक जनाको मृत्यु 

आइतबार, जेष्ठ ३० २०७८

बाँके । कोहलपुर नगरपालिका–१४ स्थित गणपती प्लाईबोर्ड कम्पनीमा पानी तताउने मेशिन पड्किँदा सोही कम्पनीमा काम गर्ने बर्दिया बरबर्दिया नगरपालिका–९ बस्ने ३५ वर्षीय खुशिराम थारुको आइतबार बिहान मृत्यु भएको छ ।  मेशिन पट्किँदा उक्त कम्पनीको करिब ७० लाख रुपैयाँ बराबरको धनमाल समेत क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।