आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नाडाद्धारा लकडाउनलाई खुकुुलो बनाउन आग्रह

शनिबार, जेष्ठ २९ २०७८

काठमाडौं । लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान नेपाल नाडा अटोमोवाईल एशोसिएसन अफ नेपालले सरकारलाई आग्रह गरेको छ । सरकारबाट कोभिड १९ को दोश्रो लहरको संक्रमण रोकथामको सन्दर्भमा हाल जारी निषेधाज्ञाबारे नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बिज्ञप्ती जारी गर्दे लकडाउनलाई खुकुुलो बनाउन आग्रह गरेका हुुन ।
सरकारले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य शुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने हाम्रो धारणा छ, बिज्ञप्तीमा भनिएको छ ।  

थपिदो लकडाउन अवधिकाकारण अब जनता स्वयं नै आफनो दुख्ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुदै गएको र यस्तो संभावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको बर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जाँदा समस्या अरु भयावह हुने निश्चित नै छ । 
यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्ट्रिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान लागि हामी सरकारसंग हार्दिक अपिल गर्दछौ, बिज्ञप्तीमा उल्लेख छ ।