आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु   

शुक्रबार, जेष्ठ २८ २०७८

काठमाडौं । बाँकेमा नेपालगंज उपमहानगरपालिका–२० मनिकापुरस्थित सडकमा ज.९ प ५०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० मनिकापुर बस्ने ६५ वर्षीय बर्षादी नाउको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक दैलेख माकु गाउँपालिका–५ बस्ने २८ वर्षीय प्रमोद शाहीलाई उपचारको लागि भेरी अस्पताल नेपालगंज पठाइएको छ । 

दाङमा राप्ती गाउँपालिका–२ स्थित सडकमा लु.अ.अ.च.५३३४ नम्बरको गाडी र भे.१ प ८४२२ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोटीमा दिपायल सिलगढी नगरपालिका–४ समुहगाडस्थित सडकमा सु.प्र.प ००१००१ च २६१५ नम्बरको जिप आफै अनियन्त्रित भई  सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिप चालक धनगडी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० बर्षीय हुहुम शाहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना परी घाइते भएकी जिपमा सवार बाजुरा बारबिस नगरपालिका–५ बस्ने २६ बर्षीया देवी कुमारी शाहको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।