आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै, असाधारण कदम चाल्न सक्ने

शुक्रबार, जेष्ठ २८ २०७८

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले आज (शुक्रबार) प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन्।

सभामुख सापकोटाले दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा समसामयिक विषयमा छलफल गर्न शीर्ष नेताहरुलाई बोलाएका हुन्।

राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलमा बोलाइएको छ।

बैठकमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्राचार गरिएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ। तर सभामुखले बोलाएको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने नहुने निश्चित छैन।

दोस्रो पटक संसद विघटन भएपछि सभामुख सापकोटाले कानुनविदसँग परामर्श गरेका थिए।

कानुनविदसँगको परामर्शका क्रममा सापकोटाले संसद विघटनविरुद्ध असाधारण कदम पनि चाल्न सक्ने चेतावनी दिएका थिए। तर त्यो असाधारण कदम के हो उनले खुलाएका छैनन्। संसद विघटन संविधान विपरीत रहेको उनको भनाइ छ।