आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

डुबेर मृत्यु   

बिहिबार, जेष्ठ २७ २०७८

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल नांगमती खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौं गल्फुटार बस्नेहरु सुनसरी धरान उपमहानगरपालिका–१५ घर भएका २० वर्षीय आईसल तामाङ र सर्लाही घर भएका २० वर्षीय बिशाल तामाङ रहेका छन् । उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सुन्दरीजल र नेपाली सेना समेतको टोलीले खोजी गर्दा उनीहरुको शव फेला परेको हो । घटनाको अनुसन्धानका लागि उनीहरुसँगै गएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ रामपथ बस्ने ४९ वर्षीय कुल बहादुर कुमालको सोही ठाउँ नौलापानीस्थित बन्दै गरेको पुलको पिलर खनेको खाडलमा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । 
दाङको घोराही उपमहानगरपालिका–४ बारहाङगेस्थित सरेस्वोता पानीको ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने जगत पाण्डेको ७ वर्षीय छोरा शिसिर पाण्डेको बुधबार दिउँसो मृत्यु भएको छ । उनी डुबेर बेपता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त ड्यामको किनारमा उनको शव फेला पारेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।