आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भित्रिंदै मनसुन, यो वर्षको मनसुनमा बढी जोखिम हुन सक्ने

बुधबार, जेष्ठ २६ २०७८

काठमाडौँ,l वर्षा याम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो।

उनका अनुसार मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ। काठमाडौं उपत्यकामा पनि चिसो महसुस भएको छ।

‘अब एक दुई दिनभित्रमै मनसुन नेपाल प्रवेश गर्ने सम्भावना देखिएको छ,’ मौसमविद् पौडेलले भने, ‘हामी निरन्तर अध्ययनमा छौं, भरे/भोलिसम्म यस विषयमा बुलेटिन जारी गर्छाैं होला।’

उनका अनुसार मनसुन बंगालको खाडीमा आइपुगेको छ। दक्षिण हिन्द महासागरअन्तर्गत पूर्वी अफ्रिकाको म्यातागासकार टापुनजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ।