काठमाडौँ l सुदूरपश्चिम प्रदेशका कैलाली, कंचनपुर गरी ११ जिल्लामा सञ्चालीत साना तथा मझौला विडी उद्योगहरु तस्करकाे रजाइ र सरकारको प्रभावकारी नीति अभावका कारण संकटमा पर्दै गएको व्यसायीहरुले बताएका छन्।
कोरोना महामारीको कारण सबै जना घरभित्र नै रही आफन्त, इष्टमित्र कसैसँग पनि भेटघाट गरेका छैनन् । कोभिडको त्रासका कारण सबैजना बन्दाबन्दीभित्र परेको बेला तस्करहरु भने सीमावर्ति क्षेत्रमा निर्वाध तस्करी गरी रहेका छन्, जस्का कारण सुदूरपश्चिम प्रदेशका सिङ्गो विडी उधोग नै संकटमा परेको हो l

सुदूरपश्चिममा लामो समय देखि संचालनमा रहेका विडी उधोगले आफ्नो अस्तित्व रक्षाका निम्तीलामो संघर्ष गर्दै आइ रहदा पनि राज्य स्तर बाट कुनै प्रभावकारी निति अवलम्बन हुन नसकेको व्यसायीहरुको गुनासो रहेको छ l सुदूरपश्चिमका ११ जिल्लाबाट व्यसायीहरुले आफ्नै पहलमा विभिन्न सरकारी निकाएमा धाउदा समेत सकारात्मक प्रतिक्रिया न पाएको बताउदै आएका छन् l व्यसायीहरुले सुदूरपश्चिममा मात्रै न भै राजधानी आई आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग मन्त्रालय, भन्सार विभाग, अख्तियार दुरुपयोग देखी अर्थ मन्त्रालयसम्मा लिखित उजुरी दिदा समेत आफ्नो मागमा सरकार गम्भीर न रहेको विडी उधोगी अर्विन्द्र शाहले ३घुम्तीलाई बताएका छन् l

शाह भन्छन “नेपाल सरकारको नियम अनुसार अन्तर शुल्क, जोखिम कर, मूल्य अवीविर्धी कर गरी करीब ७ देखी १० करोडको हाराहारीमा राजस्व बुझाउनुका साथसाथै ४००० भन्दा बढी गरिब मजर्दुरहरुलाई रोजगारी दिदै आई रहेको विडी उद्योलाई सरकारले यस किसिमको वेवास्ताले गर्दा सुदूरपश्चिममा वेरोजगारी साथसाथै राजस्वमा पनि संकट आउने छ l”

“यदी भारतबाट खुले आम राजस्व छली ल्याउने विडीलाई कडा कानून बमोजीम रोकथाम गर्ने हो भने हामीलाई विश्वास छ की हाम्रो बारा जिल्लाका मात्र विडी उद्योगीहरुले वार्षिक १५ र्देखि २० करोडको हाराहारीमा वा सो भन्दा बढीको राजस्व बुझाउन सफल हुनेछ र समग्र मा नेपाल अधिराज्य भरका विडी उद्योगीहरुलाई इमान्दारी पुर्वक राजस्व बुझाउने वातावरण बनाउन सक्ने हो भने अर्वौ रुपैयाँ बराबर को राजस्व संकलन गर्न सकिने छ l” शाहले ३घुम्तीसंग बताएका छन् l
