गुल्मी । धुर्कोट गाउँपालिका–६ कमेरापानी बस्ने बिस्नु बहादुर थापाको ९ वर्षीय छोरा सन्दिप थापाको पिङ खेल्ने क्रममा नाम्लोको डोरी घाँटीमा कसिँदा सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने आफ्नै काका भेष बहादुर थापाको घरको धरानमा कोही नभएको अवस्थामा पिङ खल्ने क्रममा डोरी घाँटीमा कसिँदा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।