काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्रीले आफूसँग रहेका मन्त्रालयहरुमा आज आफु निकट युवा नेता एवं सांसद महेश बस्नेत साथै पूर्व माओवादी सहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार पूर्व माओवादीको रामबहादुर थापा समूहबाट तीनजना सम्म मन्त्री हुने सम्भावना छ । त्यसका लागि प्रदेश सभामा माओवादीले कारबाही गरेर संसद पद गुमेकाहरुलाई प्राथमिकतामा राखिएको छ ।
त्यस मध्ये प्रदेश नं २ कि ज्वालाकुमारी साह मन्त्री हुने करिब निश्चित भएको बताइएको छ । एमालेबाट महेश बस्नेत र नारदमुनी राना थारु मन्त्री हुने सूचीको अग्रपंक्तिमा रहेको स्रोतको भनाइ छ ।