आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडाैं विश्वविद्यालयले अनलाइनबाटै परीक्षा लिने

बिहिबार, जेष्ठ २० २०७८

काठमाडौँ–काठमाडौं विश्वविद्यालय(केयु)ले भने भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भावना नभएपछि अनलाइनबाट सञ्चालन गर्ने निर्णय गरेको छ। केयुका प्रवक्ता एक्कु माया पुनले केयु अन्तर्गतका सात वटै स्कुलले अनलाइनबाट परीक्षा सञ्चालन गर्ने बताइन्।

‘यो परिस्थितिलाई हेरेर भौतिक रुपमा नभई स्नातक तहको सबै परीक्षा अनलाइनबाट गर्ने निर्णय भएकाले यही अनुसार सबै स्कुललाई निर्देशन दिएका छौ,’उनले भनिन्।

उनका अनुसार अहिले अनलाइनबाट दोस्रो सेमेस्टरको पढाई भैरहेको छ। उनले इन्जिनियरिङ साइन्सको भने उपयुक्त समयमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने जानकारी दिइन। 

‘परीक्षा सञ्चालन गर्ने समय तोकेका छैनौं,’उनले भनिन्,‘सबै पाठ्यक्रमको पढाइ सकिएपछि स्कुलले नै समय तोकेर परीक्षा लिन सक्नेछन्।’ साउनबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने केयुको तयारी छ।