खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ भाटबेशीस्थित सडकमा ना.६ त १९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–५ दुर्छिम बस्ने २० वर्षीय रोशन राउतको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।