आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मेयर नै अगाडि आएपछि रूपा सुनार पक्राउ पर्न सक्ने

मंगलबार, जेष्ठ १८ २०७८

काठमाडौं । गायिका तथा सञ्चारकर्मी रूपा सुनार पक्राउ पर्न सक्ने देखिएको छ । जातका कारण कोठा नपाएकी रूपा गम्भीर प्रकरणमा फस्ने देखिएको छ ।उनले जसविरुद्ध उ’जुरी दिइन्, उनी प्रमाण नपुगेका कारण तीन दिन थु’नामा बसेर रिहा भैसकेकी छिन् ।

यस्तो अवस्थामा सुनारलाई कारबाहीको मागसहित मेयर नै अगाडि आएपछि उनी पक्राउ पर्ने सम्भावना ब’लियो बनेको हो । सुनारलाई कारबाही गर्नुपर्ने मागसहित सोमबार भक्तपुरको मध्यपुर थिमिमा भएको हस्ताक्षर अभियानमा मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ पुग्नु भएको थियो ।

अभियानमा सहभागी भएर एक्यवद्धता व्यक्त गर्नुभएका उहाँले सञ्चारकर्मी सुनारलाई कानुनी उपचार गर्नुपर्ने कुरालाई स्पष्ट रुपमा सबैमाझ राख्नुभयो । घरबेटी सरस्वती प्रधानलाई न्यायको लागि भन्दै केहि दिनदेखि राजधानीमा हस्ताक्षर अभियान चलिरहेको छ ।

उक्त अभियानलाई समर्थन दिँदै मेयर श्रेष्ठले सहभागिता जनाई एक्यवद्धता व्यक्त गर्नुभएको हो । यसअघि नेपाल सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले घरबेटी प्रधानलाई रिहा गराएर आफ्नो गाडी राखेर ल्याएपछि विवाद भएको थियो ।कार्यक्रममा मेयर श्रेष्ठले आफ्नो अधिकार अरुको सम्पतिमा खोज्नु सरासर गलत हुने बताउनुभयो ।