काठमाडौँ- काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा जेठ २१ गतेबाट केही खुकुलो बनाउने निर्णय भएको छ।
सोमबार अपराह्न बसेको काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकले खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, किताब पसल, निर्माण सामग्री लगायत बिहानको समयमा खुला गर्ने निर्णय भएको ललितपुर जिल्ला प्रशासन प्रमुख ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।
औपचारिक निर्णय भने बुधबार बिहान बस्ने बैठकपछि मात्र निर्णय हुने उनको भनाइ छ।
यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिदैँछ।
उक्त निषेधाज्ञामा खाद्यान्न पसलसमेत बन्द भएका छन्।
केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएकोले लकडाउन खुकुला बनाउने निर्णय गरिएको हो।