काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका ८ बिर्ता देउरालीस्थित सुनकोशी नदिमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले आज दिउँसो करीव ३ बजे फेला पारेको छ ।
सोही जिल्लाको तिमाल गाउँपालिका २ बस्ने २१ वर्षिय सुजित तामाङ्गको शव फेला पारिएको छ भने सोही गाउँपालिका ३ बस्ने २२ वर्षिय दिलध्वज तामाङ्गको खोजीकार्य भईरहेको छ । उनीहरुलाई यही जेठ १७ गते उक्त नदिले बगाई बेपत्ता भएको बताईएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रे र सशस्त्र प्रहरी बल नेपाल विपद् उद्वार उपत्यका गणबाट गएको गोताखोरले उनको शव घटनास्थल नजिकै करीव २२ फिट गहिराईबाट निकालेको हो ।