काभ्रे l नेकपा एमालेका निष्ठावान र जुझारु युवा नेता कमरेड लेखराज गौतमको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ।
सामाजिक कार्यमा सदैव अग्रसर रहने गौतमको निधनले सिङ्गो काभ्रे शोक माग्न बनेको छ l शरीरमा अक्सिजन मात्राको कमी भै अस्पताल भर्ना हुनु भएको गौतमको स्वाथ्यमा अवश्था नाजुक भएकाले ओम अस्पतालको भेन्टिलेटरमा राखी उपचार गर्ने क्रममा निधन भएको हो l
विकास निर्माणको निम्ति सम्पूर्ण पार्टी एक ढिक्क भै लाग्नु पर्छ भन्ने मान्यता राख्नु हुने गौतमको निधनले एमाले मात्र नभै चौरीदेउराली गाउपालिकाका सम्पूर्ण राजनीतिक दल शोक मग्न रहेको छ l किशोर अवश्था देखी नै राजनीतिमा लागी सामाजिक काम गर्दै आफ्नो जीवनकाल समर्पण गर्नु भएको उहाँले चौरीदेउरालीमा धेरै विकास निर्माणका काम सम्पन्न गर्नु भएको छ l बाटो, नाला कुलो विजुली जस्ता कार्य उहाको कुसल नेतृत्व नै संभव भएको भन्दा फरक पर्दैन l
सामाजिक संजाल पनि शोकमा
कमरेड लेखराज गौतमको निधनले काभ्रेका स्थानीय मात्र नभै सिङ्गो एमाले पनि शोक माग्न बनेको छ l उहाको निधनले नेकपा एमालेले बेजोड प्रतिभाशाली युवा नेता गुमाउन परेको छ l उहाको निधनमा एमाले नेताहरुले सामाजिक संजालबाट भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नु भएको छ l ” निष्ठावान र जुझारु युवा नेता कमरेड लेखराज गौतमको असामयिक निधनले स्तब्ध बनायो । यस दु:खद क्षणमा कमरेड लेखराज प्रति भावपुर्ण श्रद्धाञ्जली साथै शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।”- युवा नेता शुरेन्द्र पाण्डे
