आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गणतन्त्र दिवसको दिन माफी मिनाहा पाएका ४३० जनाको सूची सार्वजनिक (सूचीसहित)

सोमबार, जेष्ठ १७ २०७८

काठमाडौँ, l राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा कैद कट्टा गरी माफी मिनाहा गरेका ४ सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ ।

जेठ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि नेपालको संविधानको धारा २ सय ७६ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले माफी मिनहा गरेकी हुन् ।

माफिनिाहा, कैद कट्टा गर्ने प्रयोजनका लागि तोकिएका कैदको ५० प्रतिशत कैद मुक्तान गरेका कैदीको बाँकी कैद कट्टाका लागि प्रमुख जिल्ला अधिकारी तथा काराकार प्मुखको सिफारिसमा कारागार व्यवस्थापन विभागले विवरण तयार पारेर गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेश गरेको हो ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०७७ साउन १९ गते भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा ४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा ४ र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम माफी मिनहा गर्न पाइने कानूनी व्यवस्था रहेको छ ।
(सूचीसहित)

Kaidi-bandi-xodiyeko-078-02-15 (1).pdf :To download file click here